Featured

तेमाल गाउँपालिकाकाे एक कर्मचारीमा काेराेना पाेजेटिभ, अत्यावश्यक सेवा बाहेक सबै भन्द

काठमाडौँ । काभ्रेको तेमाल गाउँपालिकामा कार्यरत एक जना कर्मचारीमा कोरोना पोजेटिभ देखिएको कारण यही आउँदो मंसिर २ गते सम्मका लागि गाउँपालिकाको कार्यलय बन्द हुने भएको छ ।

हुन त यो समाचार तयार गरिरहेको समयसम्ममा तेमाल गाउँपालिकाको बासिन्दामा भने कोरोना संक्रमित भएको पुष्टि भएको छैन । जो व्यक्ति अहिले कोरोना संक्रमित भएका छन् ति व्यक्ति भने तेमाल गाउँपालिकाको नभई अन्य जिल्लाबाट आएको गाउँपालिकामा कार्यरत कर्मचारी हुन् ।

https://www.facebook.com/ratodharti

तेमाल गाउँपालिकाका अध्यक्ष सलाम सिं तामाङका अनुसार दशैँ बिदा सकेर गाउँपालिकाको निरन्तर काममा फर्किँदा उनमा कोरोना पोजिटिभ देखिएको हुनाले उनको कन्ट्याकमा रहेका सबैको स्वाब संकलन गरी कोरोना टेष्ट गर्ने बताउनु भएको छ भने उपाध्यक्ष दुर्गामाया तामाङले सबै सचेत भएर पालिकाको अति आवश्यक कामलाई निरन्तरता दिने बताउनु भएको छ ।
यसैगरी स्वास्थ्य शाखाका इन्चार्ज शिवहरी पाठकले स्वास्थ्य शाखाको कुनै काम-कार्य बन्द नहुने जानकारी दिनु भएको छ भने सो व्यक्तिसँग कन्ट्याकमा रहेकाहरुलाई तत्काल कोरोना परिक्षण गर्ने तयारी गरिहेको र यदि अरुमा पनि लक्ष्णहरु देखा परेमा क्वारिनमा राख्ने व्यवस्थाको तयारी भैइरहेको बताउनु भएको छ ।

अध्यक्ष सलाम सिं तामाङले गुरु रेम्पोचेले तप गरेको भूमि भएको हुनाले तेमालको जनतालई कोरोनाले खासै प्रहार गर्न नसकिने भएता पनि सबै जना सचेत रहन पनि अनुरोध गर्नु भएको छ ।

“कोरोना भाइरस देखिने वस्तु होइन । को सँग छ ?भन्ने नै थाहा हुँदैन । हुन त अहिलेसम्म हाम्रो गाउँपालिकामा देखा परेको छैन । दशैँ बिदामा घर जाँदा उहाँलाई कोरोना संक्रमित भएको रहेछ । आशा गरौँ उहाँले चाँडै नै कोरोनालाई जित्नेछ र फेरि पनि कोरोना मुक्त तेमाल हुनेछन भन्ने आशा लिएको छु ।”

Design a site like this with WordPress.com
Get started